प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै: थप आन्दोलनको तयारी - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै: थप आन्दोलनको तयारी



काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको छ।

संसद् विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न बैठक बोलाइएको बताइएको छ । बुधबार दिउसो १२ बजे पेरिसडाँडामा सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक बस्न लागेको हो।

आन्दोलनका कार्यक्रमबारे आजै जानकारी दिइने भएको छ। त्यसका लागि बैठकपछि अपराह्न ३ बजे पत्रकार सम्मेलन राखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा आन्दोलनमा छ। त्यस्तै, कांग्रेस र राप्रपाले पनि त्यसका विरुद्ध आन्दोलन गर्दै आएका छन्।

यसअघि नेकपाले पुस १४ गते र नेपाली कांग्रेसले पुस १३ गते देशव्यापी प्रदर्शन गरेका थिए। त्यस्तै, राप्रपाले पुस १७ गते देशव्यापी प्रदर्शन गर्दै छ।