नयाँ कोरोनाको त्रास: बेलायतबाट आएका ५ जनामा संक्रमण पुष्टि
काठमाडौं । नयाँ कोरोनाको त्रास बढिरहेका बेला बेलायतबाट आएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् ।
बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न आग्रह गरिएको थियो ।
यसरी बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो र उनीहरूको रिपोर्ट पोजेटिभ आएको छ ।
यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् ।