दिनानाथ शर्माले पनि छोडे प्रचण्डको साथ - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

दिनानाथ शर्माले पनि छोडे प्रचण्डको साथ



काठमाडौं- राष्ट्रियसभाको नेकपा संसदीय दलको नेता दिनानाथ शर्माले पनि आफ्ना सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई साथ् नदिने भएका छन् । शर्माले आफू कुनै पनि गुटमा नलाग्ने घोषणा गरेका छन् ।

प्रचण्डसँग लामो सहकार्य गरेका शर्मा बौद्धिक नेतामा गनिन्छन । पछिल्लो समय पूर्वमाओवादी तर्फका धेरै नेताहरूले प्रचण्डको साथ् छाडिसकेका छन् । प्रचण्डको साथ् छाडेका सबैजसो नेताहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मन्त्री बनाइसकेका छन् ।

अध्यक्ष प्रचण्डको साथ् छाड्ने लहर चलिरहँदा प्रचण्डका प्रियपात्र मानिने नेता शर्माले आफू कुनैपनि गुटमा नलाग्ने घोषणा गरेका हुन् । यधपी उनले कुनै समुहमा लागेको भने खुलाएका छैनन् ।

विगतमा प्रचण्ड–नेपाल पक्षको भेलामा उभिएका नेता शर्मा अब पार्टी विभाजन रोक्न वामदेव गौतमसँग सहकार्यमा रहेको भन्दै केपी ओली र प्रचण्ड–माधव नेपाल दुवै खेमामा नलाग्ने बताएका छन् ।

उनले अब बस्न लागेको राष्ट्रियसभाको बैठकमा पनि आफु तटस्थ भएर काम गर्ने बताए । उनले आफू स्वतन्त्र भूमिकामा रहने र राष्ट्रियसभामा दलको नेताको हैसियतले पार्टी मिलाउन लाग्ने बताए ।

‘म स्वतन्त्र भूमिकामा रहने भएको छु । पार्टी मिलाउन वामदेव गौतमसँग पनि छलफल गर्दैछु । हामी दुवैजनना एउटै कित्तामा भयौं अहिले । उसैपनि राष्ट्रियसभाले सरकार बनाउने र ढाल्ने होइन,त्यहाँ पक्ष विपक्षमा उभिनु पनि हुँदैन । मलाई कुनै पनि गुटमा सामेल नगर्नुस्’, उनको भनाइ छ ।

५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित तीन जना समेत जोडेर नेकपाका ५० सांसद छन् । ५० जनामध्ये वामदेव गौतम दुवैतिर नलाग्ने भनेर बसेका छन् ।