हस्तक्षेप गरेरै भएपनि एकता जोगाउन राष्ट्रपति सी को सन्देश
काठमाडौं- चिनियाँ प्रतिनिधि मण्डल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच करिव १ घण्टा शीतलनिवासमा भेटवार्ता भएको छ । भेटवार्तामा चिनिया टोलीले चीनका राष्ट्रपति सी चिनफिनको सन्देश सुनाएको स्रोतले जनाएको छ ।
आइतबार दिउसो एयर चाइनाको जाहाजबाट काठमाडौं अवतरण गरेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली केहि समय दुतावासमा छलफल गरेर राष्ट्रपति भेट्न शितलनिवास पुगेको बताइएको छ ।
विमानस्थलमा उत्रेपछि नेपाली सुरक्षाकर्मी समेत अस्विकार गरेको चिनिया टोलीले आफ्ना गतिबिधि निकै गोप्य ढंगले गरिरहेको बताइएको छ ।
नेकपा बिभाजन रोक्ने मिसन लिएर नेपाल आएको टोलीले राष्ट्रपतिसमक्ष पनि नेकपा बिभाजन रोक्नेबारे छलफल गरेको स्रोतको दाबी छ । भेटवार्ताका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादबारे चिनिया टोलीले विशेष छलफल गरको थियो ।
चार सदस्यीय टोलीले चिनियाँ राष्ट्रपति सी चिनफिनको विशेष सन्देश शीतल निवासलाई सुनाएको बुझिएको छ । राष्ट्रपति सीले सन्देशमा नेकपा एकता हुनैपर्ने र चीन एकताको पक्षमा रहेको उल्लेख गरेका छन् ।
राष्ट्रपति सी ले राष्ट्रपति भण्डारीलाई आफै खटेर नेकपाको विवाद समाधानका गर्न सन्देश पठाएको स्रोतले जनाएको छ । त्यस्तै सी ले हस्तक्षेप गरेरै भएपनि एकता जोगाउन आग्रह गरेको सन्देश त्यहाँ सुनाइएको स्रोतको दाबी छ ।