शीतलनिवासबाट सिधै बालुवाटार पुग्यो चिनिया टोली - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

शीतलनिवासबाट सिधै बालुवाटार पुग्यो चिनिया टोली



काठमाडौँ- नेकपाको विभाजन रोक्ने उदेश्यले एकाएक नेपाल आएको चिनिया टोली भेटघाट र परामर्शमा सक्रिय बनेको छ ।

केहीबेर अघि शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेलगत्तै चिनिया टोली प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार हानिएको छ ।

आइतबार दिउँसो एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौँ ओर्लिएको चिनियाँ टोली बालुवाटार पुगिसकेको स्रोतले बतायो।

नेकपाको जारी विवाद र राजनीतिक अस्थीरताका विषयमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका उच्च नेताहरुसँग परामर्श गर्ने उच्च स्रोतले जानकारी दिएको छ।