मदन भण्डारीले भनेका थिए: ‘ओलीलाई कुनै ठाउँ नदिनु, यिनले दुर्घटना गराउँछन' - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

मदन भण्डारीले भनेका थिए: ‘ओलीलाई कुनै ठाउँ नदिनु, यिनले दुर्घटना गराउँछन’



वीरगञ्ज– पूर्व सभासद बिचारी यादवले प्रधानमन्त्री केपी ओलीबारे रोचक प्रसंग उठाएका छन् । उनले ओली कम्युनिष्ट आन्दोलन विरोधी देखिएको आरोप लगाउँदै ओलीले देश बर्बाद पारेको बताएका छन् ।

पर्सामा प्रचण्ड–नेपाल समूहको भेलामा उनले ओलीले देश धरापमा परेको समेत बताएका छन् । उनले मदन भण्डारीले भनेको वाक्य सम्झिँदै अहिले त्यो वाक्य चरिथार्थ बएको बताएका छन् ।

‘केपी ओलीलाई कुनै ठाउँ नदिनु, यसले दुर्घटना गराउँछ, मदन भण्डारीले उतिबेला नै भन्नुभएको थियो त्यो अहिले चरिथार्थ भयो’ उनले भने ।

मदन भण्डारीले त्यतिबेला भनेको कुरा अहिले मिलेको भन्दै यादवले भने, ‘हामीहरुलाई मदन भण्डारीले भनेर गएका थिए, केपी कमरेडलाई कुनै ठाउँ नदिनु यसले दुर्घटना गराउँछ। आज आएर त्यो पुग्यो, यो दिन आज आएर हेर्नु पर्‍यो।’

उनले आफूहरुले १० वर्ष काम गरेपछि मात्रै कम्युनिष्ट पार्टीको सदस्यता पाएको तर, अहिले ओली पक्षले मानिसहरुलाई जबर्जस्ती केन्द्रीय सदस्य बनाइरहेको बताए।