वामदेवको नयाँ प्रस्ताव प्रधानमन्त्री ओलीले गरे ठाडै अस्वीकार
काठमाडौं- नेकपा देखिएको ध्रुवीकरण र पार्टी बिभाजनविरुद्ध अभिएका नेता वामदेव गौतमको गरेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्विकार गरेको बुझिएको छ ।
पार्टीलाई एकतावद्द बनाउन र विवाद समाधान गर्न नेता गौतमले प्रधानमन्त्री ओलीलाई नयाँ प्रस्ताव गरेको खुलेको छ । स्रोतका अनुसार गौतमले ओलीलाई तीन बुँदे नयाँ प्रस्ताव गरेका थिए ।
उनले गरेको नयाँ प्रस्तावमा संसद पुनर्स्थापित गर्नुपर्ने र सुई समूह मिलेर जानसक्ने आधार तयार पार्न सकिने प्रस्ताव गरेको खुलेको छ । पार्टी विभाजनमा पनि कतै नखुलेका नेता गौतमको प्रस्ताव भने प्रधानमन्त्री ओलीले ठाडै अस्विकार गरेको स्रोतको दाबी छ ।
सर्वोच्च अदालतको निर्णयसँगै कित्ताकाँट गर्ने सुरमा रहेका गौतम संक्रमणको समयमा पार्टी एकताको पहलमा खर्चिरहेका छन् । यसैबीच गौतमले पार्टी एकताको लागि केही कानुन व्यवसायीको सुझावमा बालुवाटार ३ बुँदे प्रस्ताव पठाएको खुलेको छ ।
नेकपा स्रोतका अनुसार प्रतिनिधिसभा पुनर्स्थापना, नेकपा दुवै समूहको संयुक्त सरकार र एक-एक वर्ष केपी ओली र प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने प्रस्तावलाई प्रधानमन्त्री केपी ओलीले ठाडै अस्वीकार गरिदिएका छन् ।
उनले संसद पुनर्स्थापनाको कुनै सम्भावना नरहेको र यसबारे सोच्न पनि नसकिने जवाफ पठाएको बताइएको छ ।
नेकपाका उपाध्यक्ष वामदेव गौतम भने पार्टी एकताको लागि प्रयासमा रहेको बताइरहेका छन् । उनी शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । त्यहाँ उनले पार्टी एकताको लागि अझै ढोका खुला राख्न आग्रह गरेका थिए ।