चिनियाँ टोली काठमाडौंमा: नेकपा बिभाजन रोक्न अन्तिम प्रयास हुँदै
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा राजनीतिक रुपमा फुटेको बेला चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा एक टोली नेपाल आएको छ ।
आइतबार येचै नेतृत्वको टोली एअर चाइनाको उडानबाट छङ्तु हुँदै काठमाडौं आइपुगेको हो । चार सदस्यीय चिनियाँ टोलीले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छट । त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भोलि बिहान भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
आज दिउँसो तीन बजे चिनियाँ दूतावास,बालुवाटारमा दुबै पक्षका विदेश मामिला प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित हुँदै राजनीतिक गतिविधी जारी रखेको बेलामा चीना भ्रमणलाई महत्वपूर्ण ठानिएको छ । नेपालमा बलियो कम्युनिस्ट पार्टीको पक्षमा चीन उभिँदै आएको र उसले नेकपालाइ फुटबाट जोगाउने प्रयास गर्ने विश्वास लिइएको छ ।