चिनियाँ उपमन्त्रीसहितको टोलीले ओली-प्रचण्डलाई विशेष अपिल गर्ने - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

चिनियाँ उपमन्त्रीसहितको टोलीले ओली-प्रचण्डलाई विशेष अपिल गर्ने



काठमाडौं- सत्तारुढ नेकपा विभाजिन भएका बेला चिनियाँ उप–मन्त्रीसहितको टोली आज नेपाल आउने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज काठमाडौं आउन लागेको हो ।

टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाण्डौ आइपुग्ने कार्यक्रम छ । उपमन्त्री गुओसहित ४ जनाको टोलीले नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यतालिका छ ।

प्रतिनिधि सभा विघटन भएसँगै सत्तारुढ नेकपा विभाजित भएका बेला आउन लागेका चिनियाँ उपमन्त्रीको भ्रमणलाई विशेष मानिएको छ । नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विशेष अपिल गर्ने उनको तयारी छ ।

नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टीले चासो र चिन्ता व्यक्त गरेको छ । नेकपा विभाजनपछि यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेट गरेकी थिइन् ।