राष्ट्रिय सभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ- मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । पुस १७ गते राष्ट्रिय सभा बोलाउन मन्त्रीपरिषद् बैठकबाट राष्ट्रपति समक्ष सिफारिस गरिएको एक मन्त्रीले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रीपरिषद् विस्तार गरेपछि शुक्रबार साँझ बसेको बैठकबाट राष्ट्रिय सभा बोलाउने निर्णय गरेको ति मन्त्रीले जनाए।