मन्त्रीको शपथमा किन पुगे विघटित संसदका सभामुख सापकोटा ? - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

मन्त्रीको शपथमा किन पुगे विघटित संसदका सभामुख सापकोटा ?



काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि राष्ट्रपति निवास पुगेका छन् । उनी नयाँ बनेका मन्त्रीहरूको सपथ ग्रहणमा पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्री पद पाउनेहरुमा अधिकांश पूर्व माओवादीका छन्।

प्रतिनिधिसभा विघटन गरे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ओलीले आफ्नो साथमा रहेकाहरुलाई मन्त्री बनाएका छन्।

प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र नेपाल समूह सडक संघर्षमा उत्रेका छन्। यसबीच ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा प्रतिनिधिसभाका सभामुख सापकोटा पनि राष्ट्रपति निवास पुगे।

सरकारले प्रतिनिधिसभा विघटन गर्नै नसक्ने बताएका सापकोटा सरकार विस्तारको कार्यक्रममा पुगेका हुन्।

संवैधानिक सर्वोच्चता कायमका लागि गम्भीर बन्न आह्वान गरेका सापकोटा मन्त्रीको शपथमा पुगेपछि राजनीतिक वृत्तमा यसको चर्चा भैरहेको छ ।

सभामुख सापकोटाले सरकार गठनको विकल्प रहेसम्म प्रतिनिधिसभा विघटन हुन नसक्ने बताउँदै सरकारले प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिएको बताएका थिए।