भारतीय गृहमन्त्री अमित शाह अचानक नेपाल आउने चर्चा - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

भारतीय गृहमन्त्री अमित शाह अचानक नेपाल आउने चर्चा



काठमाडौं- भारतीय जनता पार्टीका अध्यक्ष तथा त्यहाँका गृहमन्त्री अमित शाह अचानक नेपाल आउने भएका छन् । उनी शनिबार नेपाल आउने तय भएको बताइएको छ ।

उनी शनिबार एअर इण्डियाको उडानबाट काठमाण्डौ आउने कार्यक्रम तय भएको स्रोतले बताएको छ । नेपाल भारत सीमा विवादपछि भारतिय उच्चपदस्थ व्यक्तिहरूको भ्रमण बाक्लिएको छ ।

भारतको सत्तारुढ पार्टीका अध्यक्ष शाहले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलसहित सरकारका महत्त्वपूर्ण मन्त्रीहरूसँग भेटवार्ता गर्नेछन् भने उनले आइतबार पशुपतिाथको दर्शन गर्ने कार्यक्रम बनेको स्रोतले जनाएको छ ।

नेकपाको विवादले विभाजनको रुप लिइसकेपछि शाह अचानक नेपाल आउने बिषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको निम्तो दिने समेत स्रोतले बताएको छ ।

यधपी शाहका सहयोगी सन्दीप रानाले भने नेपाल भ्रमणबारे त्यस्तो कुनै तयारी नभएको र हल्ला सत्य नभएको बताएका छन् ।