यान्छी सक्रिय: महरा निवासमा पुगेर भनिन, 'नेकपा विभाजन रोक्नुहोस' - Himal Post Himal Post
  • १४ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 26 2026
Logo

यान्छी सक्रिय: महरा निवासमा पुगेर भनिन, ‘नेकपा विभाजन रोक्नुहोस’



काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले निकै सक्रियता बढाएकी छन् । नेकपामा समस्या आएपछि सधै सक्रिय हुने उनी पार्टीको बिभाजन भैसकेपछि झनै सक्रिय बनेकी छन् ।

आजै नेकपाका अध्यक्ष माधव कुमार नेपालको निवासमै पुगेर भेटवार्ता गरेकी यान्छिले पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि उनकै निवासमा पुगेर भेटघाट गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको परिस्थितिबीच राजदूत यान्छीले महरासँग भेटवार्ता गरेकी हुन्। महरासँग राजदूत यान्छीले शुक्रबार महरा निवास खुमलटार पुगेर समसामयिक विषयमा छलफल गरेकी हुन्।

यसअघि राजदूत यान्छीले शुक्रबार नै दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी थिइन् भने बिहीबार अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी थिइन्।

राजदूत यान्छीले यसअघि संसद विघटनलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी थिइन्।

स्रोतका अनुसार नेकपा विभाजन हुन नदिन भूमिका खेल्न महरालाई यान्छीले आग्रह गरेकी छन् ।