सर्प पालेका झलनाथले भने: 'केपी ओली 'गोमन सर्प' हुन्' - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

सर्प पालेका झलनाथले भने: ‘केपी ओली ‘गोमन सर्प’ हुन्’



काठमाडौं- प्रचण्ड–नेपाल नेतृत्वका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन सापको जस्तो प्रवृत्ति भएको नेता भनी टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्री खनालले शुक्रबार बबरमहल कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन्।

गोमान सापले कुनै बेला आफूलाई असर गरेको कोही छ भने त्यसलाई सम्झिराखेर मौका आउँदा आक्रमण गर्ने बताउँदै ओली पनि त्यस्तै प्रवृत्ति भएको नेताको संज्ञा दिए।

पहिले आफूले ओलीलाई महाधिवेशनबाट हराएको रिसवीको पछि आफू अध्यक्ष भएपछि आफूलाई वरियता लगायतमा तल पारेर बदला लिएको बताए।

यसअघि झलनाथ खनालले आफ्नै नामको फाउन्डेसन खोलेर सर्प पाल्ने काम सुरू गरेका छन् ।