मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी
काठमाडौं– नेकपाको विवाद केन्द्र हुँदै प्रदेशमा झनै उग्र बन्ने देखिएको छ । आजमात्रै वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ भने अन्य प्रदेशमा पनि यसको तयारी भैरहेको बताइएको छ ।
केन्द्र हुँदै प्रदेशमा देखिएको किचलोले प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी भएको बुझिएको छ ।
९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७ साम्सद छन् । जसमा मुख्यमन्त्री शेरधन राईलाई पुर्व एमालेतर्फका २६ साम्सदले भोट दिएर तत्कालीन एमालेको संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बनाएका थिए ।
प्रदेश १ को प्रदेशसभा साउन ९ बाट स्थगन भएको थियो । अविश्वास प्रस्ताव तयार भएको र माथिको आदेश आएको खण्डमा दर्ता गर्ने तयारी समेत भएको प्रदेश एकका प्रचण्ड-नेपाल समुहका एक नेताले बताए ।