दलको नाम र 'सुर्य' चिन्ह प्रचण्ड-नेपाल समुहले पाउने संकेत - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

दलको नाम र ‘सुर्य’ चिन्ह प्रचण्ड-नेपाल समुहले पाउने संकेत



काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताएका छन् ।

बहुमत सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेका नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतका नेताहरू निर्वाचन आयोग पुगेका थिए । आयुक्त थपलियाले प्रचलित कानूनका नजीरहरुका आधारमा वैधानिकताबारे निर्णय हुने बताएका छन् ।

प्रचलित कानुन अनुसार विवाद हुनुभन्दा अगाडिको केन्द्रीय समितिमा भनेको बहुमत समुहले नाम र चुनाव चिन्ह पाउने प्रावधान छ ।

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका नेताहरुलाई प्रमुख आयुक्त थपलियाले तोकिएको अवधिभन्दा अगाडि नै विवाद निरुपण प्रक्रिया शुरु हुने बताएका हुन् ।

वैधानिकता दावी गर्दै प्रचण्ड र माधव समूह नेकपाका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।