मुख्यमन्त्री पौडेलको पद धरापमा: अष्टलक्षमीलाई मुख्यमन्त्री प्रस्ताव - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

मुख्यमन्त्री पौडेलको पद धरापमा: अष्टलक्षमीलाई मुख्यमन्त्री प्रस्ताव



काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद धरापमा परेको छ । नेकपा प्रचण्ड–माधव समूहद्धारा पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेश संसद सचिवालयमा शुक्रबार सांसद शालिकराम जमकट्टेलको नेतृत्वमा पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। उनको ठाउँमा अष्टलक्षमी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ।

प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए । राजीनामा दिनेमा आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलाल रहेको छन् ।