पौडेललाई किसानको चुनौती: 'ओलीको जरुरी छैन, मलाई जितेर देखाउ’ - Himal Post Himal Post
  • १४ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 26 2026
Logo

पौडेललाई किसानको चुनौती: ‘ओलीको जरुरी छैन, मलाई जितेर देखाउ’



काठमाडौं- नेकपाका नेता तथा तनहूँ क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ किसानले काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनौती दिएका छन् ।

एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा पौडेलले केपी ओलीसँग चुनाव लड्ने चुनौती दिएका थिए । पौडेलले प्रधानमन्त्री ओलीलाई आफूसँग चुनाव लड्न तनहुँ आउन आग्रह गर्दै ओलीलाई हराउने बताएका थिए ।

पौडेलको उक्त भनाईलाई चुनौती दिँदै नेता किसानले उनलाई हराउन आफु नै काफी भएको बताएका छन् । उनले केपी ओली होइन आफू नै पौडेललाई हराउन कफी भएको बताएका थिए ।

विहिबार पार्टीको केन्द्रीय समितिको बैठक पछि सन्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नेकपा केन्द्रीय श्रेष्ठले तनहूँबाट रामचन्द्र पौडेललाई आगामी निर्वाचनमा आफुले नै हराउने दावी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ एक टेलिभिजन अन्तवार्तामा रामचन्द्र पौडेलले तनहूँमा चुनाव जित्न नसक्ने भएर नै चुनावको विरोध गरेको भन्ने आरोप लगाएपछि काँग्रेस नेता पौडेलले विहिबार आफुँसँग तनहूँमा चुनाव लड्न प्रधानमन्त्री केपी शर्मालाई चुनौती दिएका थिए । पौडेलको सो चुनौतीपछि विहिबार नै निवर्तमान सांसद श्रेष्ठले पौडेललाई हराउन प्रधानमन्त्रीको जरुरत नभएको भन्दै आफु नै काफी भएको दावी गरेका हुन् ।

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा तत्कालिन नेकपा एमालेका उम्मेदबार श्रेष्ठले काँग्रेस बरिष्ठ नेता पौडेललाई करिब ६ हजार पाँच सय मतको अन्तरमा पराजित गरेका थिए ।

पौडेलले २६ वर्षसम्म तनहूँमा नगरेको विकासको काम आफुले ३ वर्षमा गरिसकेको भन्दै नेकपा नेता श्रेष्ठले अझ अर्कोपटक पौडेललाई नै चुनावमा हराएर आई थप विकास गर्ने दावी गरे ।