एक्लो बादल: सेना बिनाको कमाण्डर - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

एक्लो बादल: सेना बिनाको कमाण्डर



काठमाडौं- गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा आफ्नै समुहमा समेत एक्लो बनेका छन् । जनयुद्ध कालमा जनमुक्ति सेनाको कमाण्ड सम्हालेका बादल अहिले भने सेना बिनाको कमान्डर बनेका हुन् ।

ओली समुहमा लागेको भन्दै आफ्नै समुहका नेताहरूले उनको साथ् छाडेका छन् भने आफ्नै राजनीतिक सल्लाहकार सूर्य सुवेदी पुष्पकमल दाहाल समूहमा गएका छन्

बादलको सल्लाहकारबाट राजिनामा गरेर सुबेदी प्रचण्ड-नेपाल समुहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीतिर थापा लागे पनि सुवेदी भने बिहीबार बसेको दाहाल समूहको बैठकमा सहभागी भएका हुन् ।

सुवेदीले थापालाई ओली समूहमा नजान आग्रह समेत गरेको जानकारी दिए । केही दिनसम्म कुनै समूहमा नलागेका गृहमन्त्री थापा बुधबार साँझ र बिहीबार बिहान बालुवाटारमा बैठक बसेपछि ओलीतिर लाग्‍ने टुंगोमा पुगेका थिए । थापा ओलीतिर लागेपछि एक्लिएका छन् ।

थापा समूहका अन्य नेताहरु सबै दाहाल समूहमा लागेका छन् ।