प्रचण्ड-नेपाल समुहमा प्रभु शाहको फरक मत - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

प्रचण्ड-नेपाल समुहमा प्रभु शाहको फरक मत



काठमाडौं- नेकपाका केन्द्रीय सदस्य प्रभु साहले पार्टीमा दुई अध्यक्ष भएकोमा विरोध जनाएका छन्। उनले दुई अध्यक्षीय प्रणालीलाई अस्वीकार गर्न आग्रह गरेका छन्।

बिहीबार प्रेस विज्ञप्तिमार्फत उनले त्यस्तो प्रणालीले देश र जनतालाई घात गर्ने बताएका छन्।

‘नेतृत्व सम्बन्धी विश्वव्यापी मान्यता विपरीत नेपालमैं असफल सिद्ध भइसकेको दुई अध्यक्षीय प्रणाली जस्तो गम्भीर विषयमा छलफल नै नगरी अंगीकार गर्ने गलत निर्णयप्रति औपचारिक एवम् अनौपचारिक रूपमा पटक पटक सुझाव एवम् विमति जाहेर गर्दागर्दै पनि निषेध एवम् निरकुंशताको शैलीमा अगाडि बढाइएको विषयप्रति मेरो गम्भीर असहमति एवम् आपत्ति छ’, उनको भनाइ छ।

उनले देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणाली अस्वीकार गरी सही नेतृत्व प्रणालीको स्थापनाको लागि अनुरोध गरेका छन्।