बादल ओली पक्षमा लागेपछि राजनीतिक सल्लाहकारले नै छाडे साथ - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

बादल ओली पक्षमा लागेपछि राजनीतिक सल्लाहकारले नै छाडे साथ



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री रामबहादुर थापा उपस्थित भएलगत्तै उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ ले राजीनामा दिएका छन्।

गृहमन्त्री थापा ओली समूहको बैठकमा सहभागी भएपछि गृहमन्त्रीको सचिवालय र राजनीतिक सल्लाहकार नैतिकताका आधारमा छाडेको सुवेदीले बताएका छन्।

सुवेदीले फेसबुकमा लेखेका छन्, ‘गृहमन्त्री आदरणीय क. रामबहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु।’