संसद विघटन भएको छैन: सभामुख सापकोटा - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

संसद विघटन भएको छैन: सभामुख सापकोटा



काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बुधवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने संवैधानिक व्यवस्था भएको बताएका छन् ।

प्रतिनिधिसभाका सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले गरेको संसद विघटन विघटन बैधानिक नभएको संकेत समेत गरेका छन् ।

सभामुख सापकोटाको विज्ञपितमा भनिएको छ–संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ ।

यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।

सभामुख सापकोटामाथि विशेषाधिकार प्रयोग गरेर संसदको कारवाही चलाउन प्रचण्ड माधव नेपाल पक्षधर नेकपा र जसपाले दबाब दिइरहेका बेला सभामुखको यस्तो धारणा आएको हो । सभामुख सापकोटाले संविधानको रक्षार्थ राजनीतिक दलका बीचमा उच्चस्तरीप्य समझदारीको आवश्यकता बढेर गएको बताएका छन् ।

सभामुखले विज्ञप्तिमा भनेका छन्–संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरु, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ ।

सर्बोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बिचाराधीन रहेको बेला सभामुखबाट आएको अर्थपूर्ण वक्तव्यले राज्यका अंगहरुबीच टकराव बढ्न सक्ने देखिएको छ ।