प्रधानमन्त्री ओलीलाई दिल्ली पठाउने तयारी - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

प्रधानमन्त्री ओलीलाई दिल्ली पठाउने तयारी



काठमाडौं- असंवैधानिक र हठात् तवरले प्रतिनिधिसभा बिघटन गरेर मुलुकको आन्तरिक राजनीति असरल्ल पार्दै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी थालिएको छ ।

गत वर्षदेखि चिसिएको दुई देशको सम्बन्ध सुधार्न भन्दै पछिल्लो चार महिनामा भारतबाट भएका औपचारिक तथा अनौपचारिक उच्चस्तरीय भ्रमणपछि पुस पहिलो साता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतको औपचारिक भ्रमण गर्ने गृहकार्य भइरहेको थियो ।

तर,अहिले एकाएक मुलुकमा विकसित चरम राजनीतिक संकट र अस्तव्यस्तताबीच प्रधानमन्त्रीको भारत भ्रमणको लागि आवश्यक गृहकार्य थालिएपछि राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ ।

उच्च स्रोतका अनुसार भ्रमण पुस २० गतेभित्र हुने गरी दुबैतर्फका कूटनीतिक र राजनीतिक संयन्त्र परिचालन भइसकेका छन् । भ्रमणको निम्तो आएको छ तर यस्तो बेला जान हुने कि नहुने भन्नेमा मथिङ्गल खल्बलिरहेको अवस्था पनि छ ।

यसअघि भारतीय अन्तर्राष्ट्रिय खुफिया एजेन्सी ‘र’ का प्रमुखले प्रधानमन्त्री ओलीसँग मध्यरात बालुवाटारमा गोप्य भेटघाट गरेका थिए । त्यसपछि लगालग भारतीय सेना प्रमुख,विदेश सचिव र सत्तारुढ जनता पार्टीका विदेश विभाग प्रमुखले नेपालको भ्रमण र प्रधानमन्त्री ओलीसँग भेटवार्ता जारी राखेका छन् । जनआस्थाले लेखेको छ।