ओली-विद्या प्रतिगामी, संविधानको चीरहरण गरे: रामकुमारी झाँक्री - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

ओली-विद्या प्रतिगामी, संविधानको चीरहरण गरे: रामकुमारी झाँक्री



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगामी कदमले संविधानको चीरहरण गरेको आरोप लगाएकी छन्।

प्रतिनिधिसभा विघटन ‘संविधानविरोधी डिजाइनमा गरिएको ‘कू’ हो भन्दै नेतृ झाँक्रीले यसविरुद्ध सम्झौताहीन संघर्ष गर्न आह्वान पनि गरेकी छन्।

‘ओली-विद्याको प्रतिगामी कदमले संविधानको चीरहरण गर्‍याे। जनताको जनमतको अपहेलना भयो,’ नेतृ झाँक्रीले बुधबार ट्विटरमा लेखेकी छन्, ‘यो संविधानविरोधीको डिजाइनमा गरिएको ‘कू’ हो। यसका विरूद्ध सम्झौताहीन संघर्ष फेरि गरौं।’

उनले अगाडि लेखेकी छन्, ‘प्रिय साथीहरू ! हामीले २०५९/६३ सालतिर कहिल्यै नखोसिने लोकतन्त्रका लागि लडेका थियौं तर सत्ता गलत मान्छेको हातमा पर्‍याे।’