नेता प्रदीप नेपालको साथ प्रचण्ड–नेपाललाई - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

नेता प्रदीप नेपालको साथ प्रचण्ड–नेपाललाई



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बौद्धिक नेता मानिने प्रदीप नेपालले प्रचण्ड–नेपाल पक्षलाई साथ् दिने भएका छन् ।

स्रोतका अनुसार नेता नेपालले प्रचण्ड- नेपाल समुहलाई साथ् दिने बचन दिएका छन् । उनले दाहाल-नेपाल समूहको केन्द्रीय समितिको माइन्यूटमा हस्ताक्षर गरिसकेको बुझिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई साथ् दिन भन्दै नेता नेपालको घरमै आफ्ना विश्वास पात्रहरूलाई पठाएका थिए । तर नेता नेपालले भने आफू मौन नै बस्ने अहिले कतै पनि खुलेर नलाग्ने बताएका थिए ।

पार्टी विभाजनको विषयलाई लिएर मौन बसेका नेता नेपालले प्रचण्ड–नेपालाई साथ दिएपछि उनलाई मान्ने धेरै कार्यकर्ताहरू प्रचण्ड-नेपाल समुहमा आउने आंकलन गरिएको छ।

नेता नेपाल पुराना र प्रभावशाली कम्युनिस्ट नेता हुन्। भूमिगत माले र एमालेमा उनी कुसल संगठनको रुपमा चिनिन्थे।