ओलीविरुद्ध लाग्नेको ढुंगाले हानेर टाउको फुटाउन रमेश पौडेलको निर्देशन - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

ओलीविरुद्ध लाग्नेको ढुंगाले हानेर टाउको फुटाउन रमेश पौडेलको निर्देशन



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादले उग्र रुप लिँदै गएको छ । केन्द्रको प्रभावले तल्ला संगठनमा समेत गहिरो प्रभाव पारेको देखिन्छ ।

यस्तैमा युवा संघका सह-संयोजक रमेश पौडेलले ओलीविरुद्ध हस्ताक्षर गर्नेलाई ढुंगाले हानेर टाउको फुटाउन उर्दी जारी गरेका छन् ।

पौडेलले यसरी जारी गरेको उर्दी सामाजिक सन्जाजालमा भाइरल भएको छ । उनले ओलीको संसद् विघटन लोकतन्त्रको ‘फन्डामेटल’ विषय भएको भन्दै त्यसलाई नबुझ्नेहरुले मात्र त्यसलाई ‘कू’ भनिरहेको बताएका छन् ।

‘‘जसले लोकतन्त्रको फन्डामेन्टल बुझ्दैन उसले ‘कू’ भन्छ, लोकतन्त्र विरोधीहरुले लाएको आरोपमा मैले भन्नु केही छैन,’’ सह-संयोजक पौडेलले भनेका छन्, ‘‘भोलि त्यो नेकपाले के नाम राख्छ थाहा छैन, तर आज नेकपाको मूल नेतृत्व भनेको केपी ओली हो, निर्वाचन आयोगले नेकपा भन्दा केपी ओलीलाई चिन्छ ।’’

उनले ओलीको संसद् विघटनको कदमलाई त्यसरी ‘कू’ भनेर ओलीविरुद्ध हस्ताक्षर गर्नेलाई गाउँ-गाउँमा ढुंगाले हानेर टाउको फुटाएर लखेट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘‘समृद्ध नेपाल सुखी नेपालीको हाम्रा सपना कसैले घात गरिरहेको छ भने ती केपी ओलीविरुद्ध हस्ताक्षर गरेका माननीयहरु हुन्,’’ सह-संयोजक पौडेलले भनेका छन्, ‘‘ती हस्ताक्षरकर्ता माननीयलाई गाउँ-गाउँमा ढुंगाले हानेर टाउको फुटाउन म आग्रह गर्छु ।’’

उनले लेखेको स्टाटस अहिले सामाजिक संजालमा भिराल बनेको छ । धेरैले उनको यो प्रवृतिलाई नेकपाभित्रको ओली प्रवृत्ति भनेर टिप्पणी गरेका छन्।