प्रचण्ड-नेपालको बैठकमा पुगेका महासेठ रातारात ओली पक्षका वक्ता बने - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

प्रचण्ड-नेपालको बैठकमा पुगेका महासेठ रातारात ओली पक्षका वक्ता बने



काठमाडौं- श्रीमतीलाई प्रधानमन्त्री ओली पक्षको भेलामा पठाएर आफू प्रचण्ड-नेपाल पक्षको भेलामा आएका नेकपा नेता रघुवीर महासेठ बुधबार भने ओली पक्षको भेलाको वक्ता बनेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल फेरबदल गर्दा मन्त्रीबाट हटाएपछि ओली पक्ष छाडेर प्रचण्ड–माधव पक्षमा लागेका महासेठ एकाएक फेरी ओली पक्षमै पुगेका छन् ।

मंगलवार दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटि बैठकमा खुलेर लागेका महासेठ रात रहे अग्राख पलाउँछ भनेझै बिहानै प्रदेश २ को प्रशिक्षणमा वक्ताका रुपमा पुगेका छन् ।

एक नेताले भने महासेठ स्थायी कमिटीमा बसेर केन्द्रीय कमिटिको बैठकमा भने नबसेको जनाएक छन् ।

स्रोतका अनुसार महासेठ हिजै साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।