ओलीको निर्देशन: चुनावमा जसरी पनि दुई तिहाइ ल्याउनेगरी लाग्नुहोस - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

ओलीको निर्देशन: चुनावमा जसरी पनि दुई तिहाइ ल्याउनेगरी लाग्नुहोस



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले अब जसरी पनि दुई तिहाई ल्याउनेगरी चुनावको लागि खट्न नेताहरूलाई आग्रह गरेका छन् ।

ओलीले अब कुनै हालतमा प्रतिनिधि सभा पुनर्स्थापना नहुने भन्दै केन्द्रीय सदस्यहरूलाई चुनावमा केन्द्रित हुन पन निर्देशन दिएका हुन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले केहीले भनेजस्तो सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना नहुने बताएका हुन्।

प्रधानमन्त्री समेत रहेका ओलीले नेताहरूलाई प्रत्यक्षतर्फ १ सय २० र समानुपातिकमा ५० लाख भोट ल्याउने लक्ष्य चुनावको लागि खट्न निर्देशन दिएको एक नेताले बताएका छन् ।

गत साता प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका ओलीले आफ्नो पक्षका नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् ।