नेपाल, खनाल र श्रेष्ठ बिहानै वामदेव निवासमा: फकिएनन् वामदेव - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

नेपाल, खनाल र श्रेष्ठ बिहानै वामदेव निवासमा: फकिएनन् वामदेव



काठमाडौं–नेकपा उपाध्यक्ष वामदेव गौतमलाई फकाउन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ गौतम निवास भैंसेपाटी पुगेका छन्।

मंगलबारबिहानै प्रचण्ड–नेपाल पक्षकातर्फबाट नेपाल, खनाल र श्रेष्ठ निवासमै गएर फकाएका हुन् ।प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यको बैठक बस्नुअघि गौतमलाई फकाउन नेताहरु घरमै गएका हुन् ।

नेताहरुले गौतमलाई दिउँसो बबरमहलस्थित कार्की ब्यांकेटमा हुने बैठकमा सहभागी हुन आग्रह गरेको स्रोतले बताएको छ । तर गौतमले आफू सहभागी नहुनपनि सक्ने बताएको बुझिएको छ ।

पार्टी विभाजनकै अवस्थामा पुग्दासमेत गौतम तथा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ कुनैपनि समूहको भेलामा उपस्थित भएका छैनन्। दुवै नेताले आफू एकताको पक्षमा रहेको बताईरहेका छन्।