ओली पक्ष नयाँ रणनीतिमा: दल र चुनाव चिन्ह आफूले लिने तयारी - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

ओली पक्ष नयाँ रणनीतिमा: दल र चुनाव चिन्ह आफूले लिने तयारी



काठमाडौं- प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी केन्द्रीय समितिमा सदस्य संख्या थप गरेका छन् ।

बालुवाटारमा बोलाइएको भेलामा प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य थप गर्नुको उद्देश्य भने ‘नेपाल कम्युनिष्ट पार्टी’ दाबी गर्ने रणनीति अनुसार भएको बताइएको छ ।

हाल नेकपा केन्द्रीय समितिमा ४४१ सदस्य छन् । ओलीले आफूलाई बहुमत देखाउन नयाँ सदस्य संख्या थप गर्न लागेका हुन् ।

केन्द्रीय समिति नयाँ सदस्य संख्या थप गर्ने निर्णय गर्दै निर्वाचन आयोगमा त्यो सूची दर्ता गर्ने तयारी गरेको ओली पक्षको छ ।

यसअघि नेकपा एमाले ब्युँताउने र नया दल बनाएर जाने रणनीतिमा भएको ओली समूह एकाएक पार्टीमा बहुमत पुराएर दल र चुनाव चिन्ह आफूले लिने रणनीतिमा लागेको हो ।

हालको केन्द्रीय समितिमा ४० प्रतिशत पनि पुग्‍न नसक्ने देखिएपछि नयाँ सदस्य संख्या थप्दै निर्वाचन आयोगमा सूची बुझाउने तयारी गरेको हो ।