५५६ केन्द्रीय सदस्य थप्दै ओलीले भने: हामीले कसैलाई कारबाही गर्दैनौं - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

५५६ केन्द्रीय सदस्य थप्दै ओलीले भने: हामीले कसैलाई कारबाही गर्दैनौं



काठमाडौं- प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय समितिमा ५५६ सदस्य थप गरेका छन्।

बालुवाटार बोलाएको केन्द्रीय समितिको बैठकमा उनले केन्द्रीय सदस्य थपेर ११ सय ९९ जनाको महाधिवेशन आयोजक कमिटि घोषणा गरेका छन् ।

बैठकमा ओलीले आफूले पार्टी नफुटाउने बताएका छन् । उनले अर्का अध्यक्ष प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही पनि नहुने बताएका छन् । बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरुले पार्टी फुटाउँन नचाहेको बताए ।

एक केन्द्रीय सदस्यले बताए अनुसार ओलीले आफूले पार्टी नाफुताउने, फुटाउन पनि नचाहेको बताएका थिए । उनले भनेका थिए, ‘हामी कसैलाई कारबाही पनि गर्दैनौं ।’

आजै दिउँसो बबरमहलमा प्रचण्ड– माधव समूहले पनि केन्द्रीय समिति बैठक बोलाएका छन्। अहिले नेकपा केन्द्रीय समितिमा ४४६ केन्द्रीय सदस्य छन्। तिमध्ये बहुमत सदस्य प्रचण्ड–माधव समूहमा छन्।