बैठकमा टोपबहादुरले लगाए प्रचण्डमाथि गम्भीर आरोप
काठमाडौं- बालुवाटारमा केपी ओली पक्षको नेकपा केन्द्रीय कमिटी बैठक जारी छ । बैठकको सुरुवातमै प्रचण्ड खेमाका मानिएका पूर्व माओवादीका नेता टोपवहादुर रायमाझीलाईले आफ्नो भनाई राखेका छन् ।
खस त के छ भने रायमाझीलाई नै बैठकको पहिलो वक्ता बनाइएको थियो । बैठकमा बोल्दै रायमाझीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गम्भीर आरोप लागेका छन्।
बैठकमा स्वागत मन्तब्य राख्दै रायमाझीले प्रचण्ड यो घटनाको प्रमुख दोषी भएको बताएका छन् ।
उनले सरकारलाई घेराबन्दी गरेर पार्टी फुटाउने सम्मको काम प्रचण्डलेनै गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव छापामार शैलीमा लैजाने पहिलो प्रस्ताव प्रचण्डकै भएको बताउंदै उनले प्रचण्डको साथ छोडेको बताएका थिए ।