प्रचण्डलाई पहिले नै कारबाही गरेको दाबी: आजको बैठकले दुई निर्णय गर्ने - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

प्रचण्डलाई पहिले नै कारबाही गरेको दाबी: आजको बैठकले दुई निर्णय गर्ने



काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुस १ मै अनुशासनको कारबाही गरेको खुलासा भएको छ।

कारबाही गरेको जानकारीसहितको पत्र सोही दिन निर्वाचन आयोगमा पुगेको बालुवाटार स्रोतले जबताएको छ।

ओलीसमूहको केन्द्रीय समिति बैठक अहिले बालुवाटारमा सुरू भएको छ । आफ्नो पक्षमा बहुमत जुटाउन अहिले केन्द्रीय सदस्यहरुको सूची बनाइदैछ।

त्यस्तै ओलीले आफ्नो पक्षमा बहुमत पुर्‍याउन केन्द्रीय समिति सदस्य थप्ने तयारी गरेको अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए।

आजको बैठकले दुई निर्णय गर्ने बताइएको छ । त्यसमा एउटा केन्द्रीय सदस्य थपेर बहुमत पुराउने र अर्को प्रचण्ड र माधव नेपाललाई कारबाही गरेको निर्णय गर्ने ।

उता प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि कार्की बैंकेटमा केन्द्रीय समिति बोलाएको छ।