केन्द्रीय सदस्य अत्यधिक कम आएपछि अझै सुरू भएन ओलीले बोलाएको बैठक - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

केन्द्रीय सदस्य अत्यधिक कम आएपछि अझै सुरू भएन ओलीले बोलाएको बैठक



काठमाडौँ- सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल- वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आजै छुट्टाछुट्टै केन्द्रीय कमिटि बैठक डाकेका छन् ।

ओलीले पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजे केन्द्रीय समिति बैठक बोलाएको छ । तर केन्द्रीय सदस्यको संख्या अत्यधिक कम भएपछि बैठक १० बजेसम्म बस्न सकेको छैन ।

बालुवाटारमा ९ बजे बोलाइएको ओली पक्षका केन्द्रीय सदस्यहरूको बैठक अझै सुरु नभएको एक सदस्यले जानकारी गराएका छन् ।

केन्द्रीय सदस्य अत्यधिक कम आएकाले संख्या बढाउनक लागि बैठक धकेलिएको ती नेताले बताएका छन् । आफू बैठकस्थलमा नै भएको र बढीभन्दा बढी केन्द्रीय सदस्यहरू जुटाउन लागेका बैठक सुरू हुन नसकेको उनले बताए।

सरकारले संसद् विघटनको प्रस्ताव गरेर राष्ट्रपतिले उक्त प्रस्ताव स्वीकार गरेसँगै नेकपा विभाजनतिर लागेको हो ।

आज बस्ने प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठकले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने कार्यसूची तय गरेको छ भने ओली पक्षले दाहाललाई कारबाही गर्ने भएको छ ।