भ्रष्ट नेतृत्वको मुक्तिका लागि ताजा जनादेशमा जाऔं: कमल थापा - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

भ्रष्ट नेतृत्वको मुक्तिका लागि ताजा जनादेशमा जाऔं: कमल थापा



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वको मुक्तिका लागि ताजा जनादेशमा जान आग्रह गरेका छन्।

उनले ‘घोडा व्यापार’ र फोहरी गठवन्धन गर्ने नेतृत्वको मुक्तिका लागि ताजा जनादेश उत्तम विकल्प र अवसर भएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै थापाले कुशासनको दोस्रो श्रृङ्खला सुरूगर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन यो उत्तम विकल्प भएको बताएका छन् ।

थापाले लेखेका छन्, ‘संसद विघटनको वैधानिकताको परीक्षण/निरुपण/व्याख्या सर्वोच्च अदालतले गर्ने नै छ तर ‘घोडा व्यापार’ र फोहरी गठवन्धन बनाएर ब्रह्मलुट र कुशासनको दोस्रो श्रृङ्खला सुरूगर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो।’