अब जनताले बाँकी राख्ने छैनन्: ज्ञानेन्द्र शाह - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

अब जनताले बाँकी राख्ने छैनन्: ज्ञानेन्द्र शाह



काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरुले जनताको मतको कदर नगरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । उनले देशमा पछिल्लो समा देखिएको अवस्थालाई इंगित गर्दै नेताहरू कुर्सी र पदका लागि मरिहत्ते गरेकोले देशलाई हेला गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको सन्दर्भलाई संकेत गर्दै शाहले नेताहरुबाट केही पनि आशा गर्न नसकिने अभिव्यक्ति दिएका हुन्।

‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन,’ सामाजिक सञ्चालमा शाहले लेखेका छन्, ‘कुर्सी र पदको मोहमा देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन्।’