संसद विघटनविरुद्ध कांग्रेस, प्रचण्ड-नेपाल समूह र जसपाको एकै स्वर
काठमाडौं- नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ।
बैठकपछि बाहिरिने क्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबारे जानकारी दिँदै संसद् विघटनको निर्णय असंवैधानिक भएको ठहर गरेको जानकारी दिए।
‘संसद् विघटन संविधानमाथिकै आक्रमण भएको ठहर गरेका छौँ,’ उनले भने, ‘तीनवटै पार्टीको केन्द्रीय समितिको बैठकपछि थप निर्णय लिइने छ।’
कांग्रेस नेता रमेश लेखकका अनुसार बैठकमा तीनै पार्टी संसद विघटनविरुद्ध एक भएर लाग्ने सहमती भएको छ।
‘संसद विघटन गर्ने सरकारको कदम अलोकतान्त्रीक र असंवैधानिक छ भन्नेमा तीनै पार्टीको एक मत रह्यो’, उनले भने, ‘तीनै पार्टीका केन्द्रीय कमिटीको बैठक चाडै बसेर थप कदम बारे निर्णय गर्ने सहमती भएको छ।’
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेकपाका प्रचण्ड-माधव समूह, जनता समाजवादी पार्टीका नेताहरू सहभागी थिए।