प्रचण्ड र माधव नेपाललाई कारबाही गर्ने ओली पक्षको तयारी - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

प्रचण्ड र माधव नेपाललाई कारबाही गर्ने ओली पक्षको तयारी



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले उग्र रुप लिएको छ । पार्टीका नेताहरूले औपचारिक रुपमा पार्टी विभाजनको अन्तिम चरणमा पुगेको निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समुहलाई काउन्टर दिनका लागि बुधबार बिहानै पार्टी केन्द्रीय कमिटिको बैठक बोलाएका छन् । स्रोतका अनुसार उक्त बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई कारबाही गर्ने तयारी ओलीले गरेका छन् ।

प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेश गरेपछि ओली पक्षले पनि प्रचण्ड-नेपाललाई कारबाहीको तयारी गरेको हो ।

बैठकले अन्य केही नेतालाई पनि कारबाही गरेर निर्वाचन आयोगलाई जानकारी गराउने तयारी गरेको बताइएको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले भोलि दिउँसो बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाउने तयारी गरेपछि ओली पक्षले काउन्टर कारबाही गर्न लागेको हो ।