‘प्रचण्ड’ नेकपा संसदीय दलको नेता - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

‘प्रचण्ड’ नेकपा संसदीय दलको नेता



काठमाडौं- कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरिसकेपछि विकल्पको रुपमा दलको नेता परिवर्तन गर्नुपर्छ भनेर संसद सचिवालयमा दल नेताको रुपमा प्रचण्डलाई प्रस्ताव गरेको हो।

संसदीय दलमा ओलीले बहुमत गुमाइसकेकाले अब प्रचण्डलाई संसदीय दलको नेता चयन गरिने प्रचण्ड पक्षले जनाएको छ । प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर आइतवार संसद सचिवालयमा उक्त पक्षले अविश्वास प्रस्ताव समेत दर्ता गरेको थियो ।

नेकपाका नेता देव गुरुङले प्रचण्डलाई संसदीय दलको नेतामा प्रचण्डलाई प्रस्ताव गरेको पुष्टि गरे।