प्रचण्ड–नेपालले गरे कानुन व्यवसायीसँग परामर्श: सर्वोच्च जाने तयारी - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

प्रचण्ड–नेपालले गरे कानुन व्यवसायीसँग परामर्श: सर्वोच्च जाने तयारी



काठमाडौं- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले कानुनविद्हरुसँग परामर्श गरेका छन्।

संसद विघटनको गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै नेकपाको अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्ष सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको र त्यसविरुद्ध सर्वाेच्चमा रिट परेपछिको कानुनी अवस्था के हुने भन्नेबारे छलफल उनीहरूले गरेका हुन्।

सो छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, टिकाराम भट्टराई लगायतका कानुनविद्हरुले नेताहरुलाई प्रतिनिधि सभा विघटन, यसको पुनस्र्थापनाको पक्ष, विगतका नजिर लगायतका पक्षमा प्रष्ट पारेका थिए।