प्रधानमन्त्री ओलीविरुद्ध खनिए योगेश भट्टराई - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

प्रधानमन्त्री ओलीविरुद्ध खनिए योगेश भट्टराई



काठमाडौं- पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । भट्टराईले ओलिसामु जस्तोसुकै बाध्यता आइलागे पनि लोकतन्त्र मास्ने काम गर्न नपाइने बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गराएलगत्तै सामूहिक राजीनामा गरेका नेता भट्टराईले सोमबार पर्यटन मन्त्रालयमा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीको गलत कदमबारे खुलेर बिरोध गरेका थिए ।

‘प्रतिकूल राजनीतिक घटनाक्रमले राजीनामा दिनुपर्यो, संसद् सधैँ जीवित हुनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीको कदम संवैधानिक छैन, प्रधानमन्त्रीको जस्तो बाध्यता भए पनि लोकतन्त्रविरुद्ध जान पाइँदैन।’

साथै उनले संवैधानिक अंगका मानिसहरु स्वतन्त्र छन् भने संसद पुनस्र्थापना हुनेमा शतप्रतिशत ग्यारेन्टी रहेको बताएका छन् । उनको यो भनाइ सर्वोच्च अदालत र न्यायाधीशहरुतर्फको संकेत थियो ।