मेरो निर्णय सर्वोच्चले उल्ट्याउन सक्दैन: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

मेरो निर्णय सर्वोच्चले उल्ट्याउन सक्दैन: प्रधानमन्त्री ओली



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलेसंसद विघटनको निर्णयलाई सर्वोच्चले उल्ट्याउन नसक्ने चेतावनी दिएका छन्।

उनले सोमबार आफूनिकट सांसदहरुसँग बालुवाटारमा बिहान छलफल गर्दै आफूले गरेको निर्णयलाई सर्वोच्चले उल्ट्याउननसक्ने बताएका हुन् ।

‘मैले संसदको ६४ प्रतिशत बहुमतका आधारमा यो निर्णय गरेको छु, यो निर्णयलाई अदालले उल्ट्याउन सक्दैन’ उनले सांसदहरुसँग भने।

आफूलाई पार्टीका कारण सरकारमा रहेर काम गर्न नदिइएकाले आफूले यो निर्णय गर्नुपरेको उल्लेख गर्दै उनले पार्टी फुटाउने आफ्नो कुनै मनशाय नरहेको पनि स्पष्ट पारेका छन्।

‘काम गर्न नदिइएपछि मैले बाध्य भएर यो निर्णय गरेको हुँ,’ उनले भने।

अझै पनि आफू एकताबद्ध पार्टीकै पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म कहिल्यै पनि पार्टी एकताको विपक्षमा छैन।’