पूर्वमाओवादीका पाँच नेताले छाडे प्रचण्डको साथ - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

पूर्वमाओवादीका पाँच नेताले छाडे प्रचण्डको साथ



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल निकट केहि मन्त्रीहरूले राजिनामा दिएका छन् ।

यसअघि प्रचण्ड निकट मानिएका तथा पूर्वमाओवादीको कोटाबाट मन्त्रि भएका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखेराज भट्टले भने राजिनामा दिएनन । केहि समय अघिदेखि उनीहरू दुवै प्रधानमन्त्री ओलीनिकट बनेको चर्चा चलिरहेका बेला उनीहरूले राजिनामा नदिनुलाई प्रचण्ड-नेपालको कित्ता छाडेको अनुमान गरिएको छ ।

यता नेकपाको स्थायी कमिटी समितिको बैठक बालुवाटारमा भैरहंदा प्रचण्ड निकटका केहि नेता उपस्थित भएनन्। प्रधानमन्त्री ओली बिना बैठक सुरु भएको बैठकमा प्रधानमन्त्री ओली पक्षधर नेताहरु समेत कोही पनि सहभागी भएनन् ।

यो बैठकमा पनि गृहमन्त्री समेत रहेका सचिवालय सदस्य बादल समेत बैठकमा सहभागी भएनन् । पुर्व माओवादीको तर्फबाट स्थायी समितिमा रहेका हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि बैठकमा सहभागी भएनन् ।

गृहमन्त्री बादल र उद्योगमन्त्री भट्टले आफ्नो कित्ता यसअघि नै क्लियर गरिसकेका छन् । यता गजुरेल, रायमाझी र थापा समेत सहभागी नभएपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई झट्का लागेको छ ।

बैठकमा अध्यक्ष ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरू मात्र सहभागी थिए ।