ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपाको निर्णय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।
नेकपाको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको भत्र्सना गर्दै चारवटा निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।