स्थायी कमिटी बैठक ओलीसमूहले गरे बहिस्कार - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

स्थायी कमिटी बैठक ओलीसमूहले गरे बहिस्कार



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीसहित उनको समूहका १२ जना सदस्य पार्टीको स्थायी कमिटि बैठक बहिस्कार गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठक उनीहरूले बहिस्कार गरेका हुन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई पार्टीले कारबाही गर्ने तयारी भैरहेका बेला उनीहरूले भने बैठकमा सहभागिता जनाएका छैनन् ।

ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, छविलाल विश्वकर्मा, किरण गुरुङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, शंकर पोखरेल, सत्यनारायण मण्डल, रघुवीर महासेठ, लेखराज भट्ट, सुवास नेम्वाङ र विष्णु रिमाल अनुपस्थित भएका हुन् ।