बालुवाटारमै स्थायी कमिटि बैठक जारी: ओलीलाई कारबाही गर्ने तयारी
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । बैठक भर्खरमात्रै सुरू भएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् । उनी सुरक्षा निकायका अधिकारीसँग बालुवाटारमै छलफल रहेको बताइएको छ ।
रोचक त के छ भने आज बस्ने स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुसासनको कारवाही गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमै डाकिएको बैठकले ओलीलाई कारबाही गर्ने तयारी गरेको छ ।
सिंहदरवारमा सात मन्त्रीले राजीनामाको घोषणा गरेर वालुवाटार गएका छन् । पूर्व माओवादी समूहबाट मन्त्री बनेका वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, विना मगरसहित पूर्व एमालेबाट मन्त्री बनेका योगेश भट्टराई र घनश्याम भुसालले राजीनामा दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथल खनाल, तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ छुट्टै छलफलमा जुटेका छन्।