शीतल निवासबाट फर्किए प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

शीतल निवासबाट फर्किए प्रधानमन्त्री ओली



काठमाडौँ– संसद विघटनको सिफारिस लिएर शितलनिवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयबाट फर्किएका छन्।

प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरि शीतल निवासबाट बाहिरिएका हुन् ।

ओलीले राष्ट्रपतिलाई संसद विघटनको सिफारिस बुझाएर आगामी चुनावको मिति समेत प्रस्ताव गरेका छन्।

तर यसबारे राष्ट्रपति कार्यालयबाट अहिलेसम्म कुनै औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन।