ओलीलाई कारवाही गर्ने नेकपाको तयारी - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

ओलीलाई कारवाही गर्ने नेकपाको तयारी



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी थालेको छ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्‍यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन्।

आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ। बैठकमा ओली भने सहभागि नहुने अडानमा छन्। अहिले नेकपाको प्रचण्ड-नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।