शितल निवास छिरे प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

शितल निवास छिरे प्रधानमन्त्री ओली



काठमाडौँ- संसद विघटन गर्ने मन्त्रिपरिषद् बैठकको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास छिरेका छन्।

प्रधानमन्त्री ओलीले आइतबार बिहान संसद विघटन गर्ने निर्णयमा पुगेका थिए र त्यसलाई मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपति समक्ष सिफारिस गर्न लगेका हुन्।

मन्त्रिपरिषद् बैठकले मगंलबार जारी सवैधानिक परिषद् ऐन संशोधन अध्यादेश फिर्ता लिने र संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष लैजाने निर्णय गरेको थियो।

त्यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको ओलीको वार्ता असफल भएको थियो।

संसद विघटनको सिफारिस प्रतिगमन भएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध जनाइरहेका छन् ।