ओलीले निर्णय सुनाएर हिँडे, मन्त्रीहरू आश्चर्य चकित भए - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

ओलीले निर्णय सुनाएर हिँडे, मन्त्रीहरू आश्चर्य चकित भए



काठमाडाैं- अकस्मात मन्त्रिपरिषद्को बैठक डाकेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको निर्णय सुनाएका छन् ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले उक्त निर्णय सुनाउँदा मन्त्रीहरू नै आश्चर्यमा परेका थिए । बैठक शुरु भए लगत्तै प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरिएको निर्णय सुनाएर हिडेका थिए ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमै रहेका बेला संसद बिघटनको सिफारिस भएको हो । प्रधानमन्त्री निस्केपछि मन्त्रीहरु आश्चर्यमा पर्दै आपसमा छलफल गरिरहेका छन् ।

सत्ताधारी नेकपाभित्रको असन्तुष्टी र स्पष्ट धुव्रिकरण चुलिएपछि आफ्नो हैसियत गुमाउँदै गएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ बहुमतका साथ तीन वर्ष अघि निर्वाचित २०७२ को संविधान अन्तर्गतको पहिलो प्रतिनिधिसभा बिघटन गर्ने निर्णय गरेका छन् ।